पहिलो जनजाति प्रधानसेनापति
पहिलो जनजाति प्रधानसेनापति - छत्रमान सिँह तमु Chhatraman Sigh Gurung (Tamu)
(प्रधानसेनापति रुकमांगद कटवाल र कामु प्रधानसेनापति छत्रमान सिँह तमु जिम्मेवारी हस्तान्तरण नोटमा हस्ताक्षर गर्दै, दायाँ कामु प्रधानसेनापति छत्रमान सिँह तमु)
सरकारले कामु प्रधानसेनापति छत्रमान सिँह तमुलाई यही भदौ २४ गतेदेखि लागु हुने गरी प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेकोछ । यही सेप्टेम्बर ९ तारिखदेखि रिक्त हुन गइरहेको प्रधानसेनापतिको पदमा कामु प्रधानसेनापति तमुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्री परिषदको गत अगष्ट ९ तारिख, आइतबार बसेको बैठकले बलाधिकृत रथी छत्रमान सिँह तमुलाई कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेको थियो । त्यसैगरी सोही बैठकले प्रधानसेनापति रुकमांगद कटवालको विदा स्वीकृत गरेको थियो । अवकाश पाउनुअघि एक महिना बिदा बस्ने सेनाको चलन अनुसार कटवालको विदा स्वीकृत गरिएको हो । एक 
महिना नियमित बिदा स्वीकृत भएपश्चात प्रधानसेनापति रुकमांगत कटवालले कामु प्रधानसेनापति छत्रमान सिँह तमुलाई प्रधानसेनापतिको सम्पूर्ण जिम्मेवारी हस्तारण गरेका थिए । तमुले गत अगष्ट १० तारिख, सोमबारदेखि कायममुमायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएकोछ भने प्रधानसेनापति कटवाल हाल एक महिना नियमित बिदामा छन् । कटवाल भदौ २५ गतेदेखि उमेर हदका कारण सेवा निवृत्त हुदैछन् । सो अनुसार तमुले भदौ २५(सेप्टेम्बर ९ तारिख) देखि प्रधानसेनापति सम्हाल्ने भएकोछ ।
मन्त्रीपरिषदको बैठकले रथी छत्रमान सिँह तमुलाई कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेपछि उनी पहिलो जनजाति कामु प्रधानसेनापति बनेका हुन् । झण्डै अढाई सय वर्षको नेपालको सैनिक इतिहासमा झागल तमु र अंगद घलेपछि सेनाको उच्च पदमा आदिवासी जनजाति र जनसाधारणको छोरा पुगेको यो पहिलो अवसर हो ।
यसअघि उच्च घरानिया पृष्ठभूमिका शाह, राणा र क्षेत्री सेनापति बन्दै आएका थिए भने ओखलढुंगामा जन्मेका रुकमांगद कटवाल राजा महेन्द्रका धर्मपुत्र र रानी रत्नको संरक्षणमा दरबारमा हुर्केका थिए ।
तनहुँको पुलिम दाङमा जन्मिएका तमुले २०२८ सालमा नेपाली सेनामा प्रवेश गरेका हुन् । तमुले भारतको मिलीटरी एकेडेमी देहरादुनबाट आधारभूत अधिकृत तालिम, अमेरिकाबाट स्टाफ कलेज र चीनबाट नेशनल डिफेन्स कोर्ष गरेका छन् भने त्रिचन्द्र क्याम्पसबाट स्नातक गरेका हुन् ।
छत्रमान सिँह तमु सेनाभित्र बौद्धिक, इमान्दार, ब्ल्याकबेल्ट तथा असल एवं सच्चा आर्मी जर्नेल भनेर चिनिन्छन् ।
कामु प्रधानसेनापति तमुलाई नेपाली जनजाती संघ कानडा को हार्दिक बधाई तथा सफलताको कामना ।
Last Updated (Monday, 08 February 2010 01:11)























































.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)








.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)


